फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतबाट नेपाल लगिएको विजुली थप महङ्गो

(GMT+08:00) 2017-04-02 13:45:39

भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ ।नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज कमिटीको पछिल्लो बैठक सन् 2011 मा बसेको थियो। त्यसयता भारतीय बेवास्ताकै कारण अहिलेसम्म बसेको छैन। पावर एक्सचेन्ज कमिटीले मूल्य पुनरावलोकन नगर्दा विजुली खरिद-बिक्री दर लगातार बढिरहेको छ।

2011 को बैठकमा हरेक वर्ष बैठक बस्ने गरी वाषिर्क 5.5 प्रतिशतका दरमा विजुलीको मूल्य बढाउने सम्झौता भएको थियो। तर, त्यसपछि सो समितिको बैठक बसेन र नेपाललले वाषिर्क रुपमा विजुलीको मूल्य बढ्दै गर्दा पनि तिर्न बाध्य भइरह्यो । यो वर्ष पनि सोही नियति दोहोरिएको अनलाईन खबरले लेखेको छ। अब 11 केभीको ट्रान्समिसनबाट आउने भारतीय विजुल महंगिएर प्रतियुनिट 6.9 भारु पुगेको छ। त्यसैगरी 33 केभी ट्रान्समिसनबाट आउने एक युनिट विजुली अब महंगिएर 6.42 भारु पर्ने भएको छ। 132 केभीमार्फत 50 मेगावाटसम्म ल्याउँदा 5.92 भारु तिर्नुपर्ने भएको छ। अब 50 मेगावाट बढी भारतीय विजुली ल्याउँदा प्रतियुनिट 5.85 भारु तिर्नुपर्नेछ।

पावर एक्स्चेञ्ज कमिटीमार्फत नेपाल आउने सामान्य विद्युत् बजारको मूल्यभन्दा दोब्बर जत्तिकै भइसकेको छ। तर, पनि भारतले यो बैठक बस्न चासो देखाएका छैन। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले केही समयभित्रै बैठक बसेर भारतबाट आउने विजुलीको मूल्य पुनरावलोकन हुने दावी पनि गर्नुभयो।

जानकारी तथा लेखहरु