फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा पिग पार्क खोल्ने प्रक्रिया सुरु

(GMT+08:00) 2017-04-02 13:50:44

महानगरमा फस्टाएको बंगुरपालन व्यावसाय एकीकृत रूपमै गर्न प्रक्रिया अघि बढाइएको छ। जिल्ला पशु सेवा कार्यालयका अनुसार नगरका विभिन्न भागका बंगुरपालन फर्मलाई एउटै क्षेत्र 'पिग पार्क' तोकेर पाल्न दिने योजना अघि सारिएको हो।

'धेरैतिर यस्ता फर्म वातावरणीय र मानवीय स्वास्थ्यका दृष्टिले हितकर नभएर यो योजना आएको हो,' कार्यालयका प्रमुख पुरुषोत्तम त्रिपाठीले भन्नुभयो, 'व्यवसायीसँग छलफल थालेका छौं, जग्गा छनोट गरेर योजना अघि बढाउने क्रममा छौं ' पर्यटकीय नगरमा बंगुरपालन गर्ने फर्मको बढ्दो संख्या दृष्टिगत गर्दै पशुपक्षी मन्त्रालयले कास्कीमा 'पिग पार्क' बनाउने निर्णय गरेको थियो।

आर्थिक वर्ष 073/74 भित्रै पार्क बनिसक्ने योजना छ। 'पिकपार्क' करिब 45 हजार बंगुरपालन गर्न सक्ने क्षमताको हुनेछ। बस्ती नभएको महानगरको उपल्लो पुडिटार क्षेत्रमा कतै 'पिकपार्क' स्थापनाका लागि उपयुक्त हुने/नहुने विषयमा सम्बद्ध अगुवा फर्म सञ्चालकसँग छलफल भइरहेको कार्यालयले जनाएको छ। तीन सय रोपनी जमिन व्यवस्थित रूपमा बंगुरपालन फर्मको स्थापना गरिने योजना रहेको ईकान्तिपुरले लेखेको छ।

पुरनचौरस्थित नेपाल लाइभस्टक एन्ड रिसर्च सेन्टरकी सञ्चालक सरस्वती बस्ताकोटी आफू पनि 'पिकपार्क' सञ्चालन हुनुपर्ने पक्षमा रहेको बताउनुहुन्छ। कास्कीमा हाल दर्ता भई सञ्चालनमा रहेका बंगुरपालन फर्मको संख्या 1 सय 13 पुगेको छ। एक अर्ब हाराहारी लगानी पुगेको यो क्षेत्रमा कार्यरत 6 सय जना छन्।

जानकारी तथा लेखहरु