फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्बाराअन्तर्राष्ट्रिय नियम बमोजिम व्यापारिक कानुन चलाइने चीनको आशा

(GMT+08:00) 2017-04-02 14:03:49
चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ताले हिजो अप्रिल एक तारिख चीन र अमेरिका बीचको व्यापारिक अवस्था सहयोगी र साझा जित हुने भएकाले अमेरिकाले अन्तर्राष्ट्रिय नियम बमोजिम व्यापारिक कानुन पच्छ्याउनुपर्ने कुरा बताउनुभएको छ। उहाँले हिजै अमेरिकाद्बारा सार्वजनिक गरिएको व्यापार सम्बन्धी दुईवटा राष्ट्रपतीय निर्देशनबारे चर्चा गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्च एकतीस तारिख व्यापार सम्बन्धी दुईवटा निर्देशनमा हस्ताक्षर गर्नुभएको थियो। ती निर्देशनमा अमेरिकी व्यापारिक घाटा समस्या मुख्य विषय रहेकाले त्यसबाट भावी व्यापारिक नीतिको समन्वयका लागि मार्ग प्रशस्त गरिएको छ।

सारा विश्वमा रहेका सबभन्दा ठूला दुईवटा आर्थिक समुदायको हैसियतले सारा विश्वको ब्यापारिक लगानीलाई अघि बढाउन र विश्व अर्थतन्त्रलाई समृद्ध पार्न चीन र अमेरिका दुवैका विशेष दायित्व रहेको कुरा पनि प्रेस प्रवक्ताले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु