फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिन्ल्याण्डका लागि चिनियाँ राजदूत राष्ट्राध्यक्ष सीको भ्रमणप्रति आशावादी

(GMT+08:00) 2017-04-02 14:37:46

फिन्ल्याण्डका राष्ट्रपति साउली निनिस्टोको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिङ फिङले अप्रिल चारदेखि छ तारिखसम्म फिन्ल्याण्डको राजकीय भ्रमण गर्नुहुनेछ। भ्रमण हुनुअघि फिन्ल्याण्डका लागि चिनियाँ राजदूत छ्न लीले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले राष्ट्राध्यक्ष सीको यस भ्रमणबाट नयाँ अवधि र नयाँ स्थितिमा रहेको चीन-फिन्ल्याण्ड सहयोगका लागि नयाँ जिवन्त शक्ति तयार गरिने विश्वास व्यक्त गर्नुभएको छ।

राजदूत छ्नका अनुसार, चिनियाँ राष्ट्रनायकले बितेका बाईस वर्षपछि पुन: एकपल्ट फिन्ल्याण्डको राजकीय भ्रमण गर्नुहुनेछ। त्यसबाट चीन र फिन्ल्याण्ड बीचको परम्परागत मैत्रीपूर्ण सहयोगी सम्बन्धमा चीनको उच्च ख्याल-विचार प्रतिबिम्बित गरिएको भने त्यसको ज्यादै महत्वपूर्ण ऐतिहासिक अर्थ रहेको छ।

भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले फिन्ल्याण्डका नेताहरूसित द्बिपक्षीय सम्बन्ध तथा साझा चासो भएका विषयहरूबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुहुने जानकारी पनि राजदुत छ्नले दिनुभएको छ।

जानकारी तथा लेखहरु