फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना जेनेरल चेम्बर अफ कमर्स-यूएसएका प्रमुखद्बारा चीन-अमेरिका आर्थिक ब्यापारिक सम्बन्धको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2017-04-02 14:38:56

सारा विश्वमा रहेका सबैभन्दा ठूला दुईवटा आर्थिक समुदायको हैसियतले लामो समय यता चीन र अमेरिकाबीचको द्बिपक्षीय आर्थिक र ब्यापारिक सम्बन्ध निकै ध्यानाकर्षक हुँदैआएको देखिन्छ। हालै हाम्रा सम्वाददाताले दुवै देश बीचको आर्थिक र ब्यापारिक सम्बन्धबारे चाइना जेनेरल चेम्बर अफ कमर्स-यूएसएका प्रमुख स्यु छ्नसँग अन्तर्वार्ता लिएका छन्।

बितेका पैंतालीस वर्षसम्मको विकास यता चीन र अमेरिकाबीचको आर्थिक-ब्यापारिक सम्बन्धमा एक अर्कामा भर परेको अवस्था देखा परेको देखिन्छ। गत सन् 1979 अर्थात् दुवै देश बीचको दौत्य सम्बन्ध कायम भएको शुरुवातमा दुवै देश बीचको द्बिपक्षीय ब्यापारिक रकम दुई अर्ब पचास करोड अमेरिकी डलर मात्र रहेको थियो भने सन् 2016मा जुन रकम पाँच खर्ब उन्नाईस अर्ब साठी करोड अमेरिकी डलर पुगेको थियो। सो अङ्कलगभग दुई सय सात गुणाले बृद्धि भएको देखिन्छ। हाल चीन अमेरिकाका लागि सबैभन्दा ठूलो ब्यापारिक साझेदार हो भने चीनका लागि अमेरिका दोस्रो ठूलो ब्यापारिक साझेदार हो।

दुवै देश बीचको आर्थिक-ब्यापारिक सम्बन्ध दीर्घ, स्वस्थ र स्थिर रुपमा विकसित हुँदैजाने कुरा दुवै देशका जनताको मूलभूत हित अनुकूल भएको मात्र नभई सारा विश्व अर्थतन्त्रको पुनरुत्थान र शान्ति विकासका लागि ज्यादै महत्वपूर्ण अर्थ हुने कुरामा पनि प्रमुख स्युले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु