फ्रान्सका लागि चिनियाँ राजदुत चाइ च्युनले अप्रिल एक तारिख हाल फ्रान्समा बसोबासरत चिनियाँ नागरिक लिउ शाउ याउलाई प्रहरीद्बारा मारिदिएको घटनाको छानबीन गरी मृतकको परिवारजनसमक्ष एउटा निष्पक्ष र उचित नतिजा सार्वजनिक गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।
राजदुत चाइले हिजै पेरिस प्रहरी ब्युरोमा चिनियाँ सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिंदै उक्त कुरा बताउनुभएको हो। त्यस घटनाले फ्रान्समा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूको सामान्य जीवनमा असर नपार्ने, भविष्यमा अझ बढी चिनियाँ पर्यटकहरूले फ्रान्सको यात्रा गर्नसक्ने र चीन-फ्रान्स सम्बन्ध निरन्तर रुपमा राम्रोसँग विकसित हुँदैजाने आशा पनि उहाँले व्यक्त गर्नुभयो।
राजदुत चाइले हिजै बिहान उक्त घटना र फ्रान्समा रहेका चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी र चिनियाँ यात्रुहरूको सँरक्षणलाई सबल पार्ने विषयबारे पेरिस प्रहरी पक्ष र पेरिसमा रहेका चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरूका प्रतिनिधिसँग लामो समयको आदान-प्रदान गर्नुभएको थियो।