फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको एउटा धार्मिक स्थलमा बीसजनाको हत्या

(GMT+08:00) 2017-04-02 19:37:39

पाकिस्तानको पूर्वी भागमा पर्ने पन्जाब प्रान्तको सर्गोधा क्षेत्रमा अवस्थित एउटा धार्मिक स्थलमा आज सबेरै एउटा हत्याकाण्ड हुँदा बीसजना अनुयायीको मृत्यु भएको पाकिस्तानी सञ्चार-माध्यमले अप्रिल दुई तारिख जनाएको छ।

सञ्चार-माध्यमले सर्गोधा क्षेत्रका उपप्रमुख अली चट्टाको भनाइलाई उद्धृत गर्दै जनाए अनुसार, हत्या काण्डका बेला केही अनुयायीहरू सो धार्मिक स्थलमा भेला भएका थिए। त्यस धार्मिक स्थलका जिम्मेवार व्यक्ति अब्दुल वाहिद तथा अन्य पाँचजना सहायकले औषधीद्बारा ती अनुयायीहरूलाई अचेत अवस्थामा पारेपछि खुकुरी र लठ्ठी प्रहार गरी मारिदिएका थिए। सम्भवत: मानसिक रोगका कारण जिम्मेवार व्यक्ति वाहिद लगायतका हत्याराले अनुयायीलाई मारेको हुनुसक्ने सर्गोधा क्षेत्रका उपप्रमुख अली चट्टाले ‌औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु