फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट किनिएका मतपेटिका पहिरोका कारण केरुङ्ग नाकामै

(GMT+08:00) 2017-04-03 15:16:49

       सरकारले स्थानीय चुनावका लागि चीनबाट खरिद गरेका मतपेटिका तीनदिनयता सीमाक्षेत्रमै थन्किएका छन्। शुक्रबार चीनको केरुङ आइपुगेका मतपेटिका सडक अवरुद्ध भएपछि नेपाल भित्र्याउन नसकिएको हो। चीनतर्फ मितेरी पुलको रेसुओपोर्ट–केरुङ सडकखण्ड पहिरोले अवरुद्ध भएकाले मतपेटिका केरुङभन्दा 5 किमि पर पाङसिङ राखिएका छन् । पाँचवटा ट्रकमा मतपेटिका रहेको केरुङमा रहेका व्यापारी धर्मलाल श्रेष्ठले जानकारी दिए।

        निर्वाचन आयोगले अपुग मतपेटिका चीनबाट खरिद गरी ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो। आयोगका अनुसार चीनबाट 30 हजार मतपेटिका खरिद गर्ने गरी टेन्डर भएको थियो। चीनबाट ल्याइएका मटपेटिका करिब 10 करोड रुपैयाँ बराबरका रहेको ईकान्तिपुर अनलाईनले जनाएको छ।

         चीनले पहिरोग्रस्त क्षेत्र ठोङसाभन्दा मुनिबाट सुरुङ मार्ग बनाउने क्रममा पहरो विस्फोट गराउँदा सुक्खा पहिरो खसेको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेकाले सडक सुचारु भइसकेको छैन। चिनियाँ अधिकारीले शुक्रबार मुस्किलले दुई घण्टाका लागि केही स्याउका कन्टेनर जान दिए पनि त्यसपछि बाटो पूरै रोकेर काम गरिरहेका छन्। रसुवागढी नाकादेखि 34 किमिमा चिनियाँ भूभाग पर्छ। मितेरी पुलपारि चीनको भन्सार कार्यालय रहेको रेसुओपोर्टदेखि 12 किमि पश्चिमोत्तर भेगमा पहिरोग्रस्त क्षेत्र हो। उक्त पहिरो छल्न चीनले 3 सय मिटर सुरुङ खनिरहेको छ।

जानकारी तथा लेखहरु