फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सीमा जोडिने कोरला नाका चार महिनामा खुल्ने

(GMT+08:00) 2017-04-03 15:19:25

        गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ। धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी 7 किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको हो।

         नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको 23 किलोमिटर सडकको काम पनि द्रुत गतिमा गरिरहेको छ । ठाउँठाउँमा गरी करिब 16 किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ। कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्र्याक खोलिने बताउनुभयो।

         संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो। कालीगण्डकी करिडोरको बागलुङ-बेनी-जोमसोम खण्डको ट्र्याक खोल्ने काम नेपाली सेनाले 2064 सालमै सम्पन्न गरेको थियो। यसमा गुल्मी खण्ड 42 किलोमिटरमध्ये 37 र बागलुङ खण्डको 14 किलोमिटर सकिएको छ भने पालुङखोला-टाकुरे 23 किलोमिटर खण्डमा निर्माणकार्य भइरहेको हो।

         विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपालका उत्तर-दक्षिण जोड्ने 9 वटा करिडोर (लोकमार्ग) मा काम भइरहेकोमा कालीगण्डकी करिडोर र रसुवा-स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने दुई मार्गमा द्रुतगतिमा काम भइरहेको जानकारी दिनुभयो। अन्नपूर्ण पोष्ट अन्लाइनका अनुसार यो करिडोरले यी क्षेत्रको मात्र नभई नेपालका साथै भारत र चीनसमेतका लागि विकासको बीज रोप्नेछ।

जानकारी तथा लेखहरु