फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा पसेपछि आधा घण्टा उडान अवरुद्ध

(GMT+08:00) 2017-04-03 15:20:42

       त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ। बिहान करिव 8 बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।

        धावनमार्ग र ड्रेनमा देखिएको चितुवा अहिले हराएको छ। करिव अधा घण्टा विमानस्थल क्लोज गरेर चितुवाको खोजी गरे पनि भेटिएको छैन। 'विहान वुद्ध एयरका पाइलटले चितुवा जस्तो देखियो भनेर खवर गरे', विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, 'चितुवा हो भन्ने नै कन्फर्म भएको छैन। बन कार्यालयबाट अधिकारीहरु बोलाएका छौं।' उहाका अनुसार अहिले विमानस्थल सुचारु भएको छ।

        ठाकुरका ट्याक्सी वे नजिक रहेको ड्रेनमा चितुवा लुकेको छ। चितुवा लुकेको अनुमान गरिएको स्थानमा प्रहरी र सिकारी परिचालन गरिएको छ।

        प्रहरी सहितको सिकारी टोलीले चितुवाको खोजि गरिरहेको छ। विमानस्थलमा पटक पटक जनावर छिर्न थाले पछि सिकारीको व्यवस्था गरिएको थियो।

जानकारी तथा लेखहरु