फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्बारा लेख सार्वजनिक

(GMT+08:00) 2017-04-03 15:21:29

       फिनल्याण्डको राज्यकीय भ्रमण हुनुअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल तीन तारिख फिनल्याण्डका संचारमाध्यममा आफ्नो नामसहितको लेख《इतिहास पार मित्रता》शीर्षकको लेख सार्वजनिक गर्नुभएको छ। यस लेखका अनुसार चीनसँग मैत्रीपूर्ण भावना रहेको फिनल्याण्ड सबैभन्दा प्रारम्भिक रुपमा नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गरेका मुलुकमध्ये एक हो। साथै चीनले दीर्घकालीन रुपमा अन्तर्राष्ट्रिय मामिलामा फिनल्याण्डसँग घनिष्ठ सहयोगलाई कायम राख्दै आएको छ। वर्तमानमा दुबै मुलुकले भविष्य उन्मूख नयाँ शैलीको सहयोगात्मक साझेदारी सम्बन्ध निर्माणका लागि प्रयास गरिरहेका छन्।

        फिनल्याण्डको भ्रमण सी चिन फिङ्ग चिनियाँ राष्ट्राध्यक्ष नियुक्त भएपछि उत्तरी युरोपेली क्षेत्रको भ्रमण गर्न लागेको यो पहिलो पटक हो। चीन र उत्तरी युरोपेली मुलुकले असल द्बिपक्षीय सम्बन्ध र सदिच्छापूर्ण सहयोगात्मक इच्छा लिएका छन्। चीन र यस क्षेत्रबीचको घनिष्ट सम्पर्कले युरोपको समृद्धि र चीन तथा युरोपबीचको सम्बन्ध विकासका लागि योगदान सिर्जना गर्नेछ।

        वर्तमान युरोपको परिस्थितिमा जटिल परिवर्तन भैरहेको देखिन्छ। राष्ट्राध्यक्ष सीको विचारमा युरोपको एकीकरण ऐतिहासिक विकास प्रवृत्तिसित अनुकूल भएको छ। वर्तमान चीन र युरोपबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकास दिन प्रतिदिन गहन पारिँदै गएको छ। यी दुबै पक्षले खुल्ला र समेटिएको भावना लिँदै विश्वको शान्ति र समृद्धिका लागि नयाँ योगदान गर्नसक्ने छन्।

जानकारी तथा लेखहरु