फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषदका सदस्य र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-04-03 15:22:31

       चीनको राज्य परिदषका सदस्य याङ्ग चे छले दुई तारिख अमेरिकी विदेश मन्त्री रेक्स टिलेर्सनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

        चिनियाँ राष्ट्राधयक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यको मार-आ-लागोमा भेटवार्ता गर्नुहुने छ। यसप्रति याङ्गले यस टेलिफोन वार्तामा चीन र अमेरिकाका नेताहरुबीचको वार्ता वर्तमान यी दुबै मुलुकबीचको सम्बन्धको प्रथम महत्वपूर्ण कुरा हो भन्दै यस वार्ता नयाँ अवधिमा चीन र अमेरिकाबीचको सम्बन्धको विकास, एशिया प्रशान्त क्षेत्र र विश्व शान्ति तथा समृद्धिलाई प्रवर्द्धन गर्नका लागि महत्वपूर्ण भावार्थ सिर्जना गर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले यी दुबै पक्षले संयुक्त रुपमा प्रयास गर्दै यस वार्ताको सफलताको प्रत्याभूति गर्नसक्ने आशा गर्नुभएको छ।

        प्रत्युत्तरमा विदेशमन्त्री टिलेर्सनले राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीको भ्रमणमा प्रतिक्षा गरिरहनुभएको बताउनुभयो। यी दुबै मुलुकका नेताबीचको यो भेटले अमेरिका र चीनबीच भावी सम्बन्ध विकासका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। अमेरिकाले सकेसम्म सम्बन्धित विभिन्न तयारी कार्य गर्दै यस भेटवार्तालाई सकारात्मक उपलब्धिमा पुर्‍याउन प्रयास गर्नेछ।

जानकारी तथा लेखहरु