अमेरिकाको फेडरल रिजर्व समितिका उच्च पदाधिकारीले हालै जनाएअनुसार चालू वर्ष फेडरल रिजर्वले मौद्रिक नीतिलाई सीमित पार्नका लागि ब्याजदर उकास्ने बाहेक नयाँ कदम चाल्ने सम्भावना छ।
न्यूयोर्क फेडरल रिजर्व बैंकका अध्यक्ष विलियम सी डुड्लेले हालै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै यदि अर्थतन्त्रको विकास पूर्वानुमान अनुकूल भएको खण्डमा अमेरिकी फेडरल रिजर्वले यस वर्षमा ऋणको मात्रा घटाउने सम्भावना छ।
अमेरिकाको फेडरल रिजर्व सारा विश्वको सबैभन्दा ठूलो अमेरिकी राष्ट्रिय ऋण सँस्था हो। फेडरल रिजर्वको उक्त योजनाले ऋणलाई बजारमा फर्काउने छ जसबाट बजारमूलक आपूर्तिलाई बढाउने सम्भावना छ।