फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको पहिलो त्रैमासिक अवधिमा साठी हजार दक्षिणी सुडानी शरणार्थी सुडानमा प्रवेश

(GMT+08:00) 2017-04-03 15:23:22

       सुडानका लागि संयुक्त राष्ट्र संघीय मानवीय समन्वय कार्यालयले हिजो दुई तारिख विज्ञप्ति सार्वजनिक गर्दै सन्2017को अघिल्ला तीन महिनामा अनिकाल र युद्धबाट बाँचेर लगभग साठी हजार दक्षिण सुडानका शरणार्थी सुडानकको पश्चिमी र दक्षिणी भागमा प्रवेश गरेको जनाएको छ। जसबाट दक्षिण सुडानको परिस्थिति लगातार चर्कँदै गएको छ।

        सन्2013को डिसेम्बरमा दक्षिण सुडानमा सशस्त्र द्वन्द्व गराइएपछि दक्षिण सुडानका शरणार्थीहरु सुडान छिर्न थालेका हुन्। सन्2016को जनवरीदेखि यता त्यहाँको अस्थिर परिस्थिति र कम खाद्यान्नका कारण दक्षिण सुडानबाट सुडानमा छिर्ने शरणार्थीको संख्या ठूलो परिमाणमा बढेको छ। हाल सुडानमा दक्षिण सुडानी शरणार्थीको संख्या तीन लाखभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु