फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती पर्यटन उद्योगमा पर्यावरण संरक्षणको नयाँ ढाँचा बनाइने

(GMT+08:00) 2017-04-03 15:24:28

        तिब्बत स्वायत्त प्रदेशीय पर्यटन विकास समितिका जिम्मेवार च्वाङ हाउले जानकारी दिनुभएअनुसार, पासुङछो दृश्यावलोकन क्षेत्रमा हाल राष्ट्रिय पाँच ए स्तरीय दृश्यावलोकन क्षेत्र बन्नका लागि आवेदन गर्दैछ। तिब्बती विकास पर्यावरण पर्यटन क्षेत्रमध्येको एकको रुपमा रहेको पासुङछो दृश्यावलोकन क्षेत्रले स्थानीय आर्थिक विकासलाई प्रबर्द्धन गर्नुका साथै स्थानीय पर्यावरणीय संरक्षण र सर्वसाधारणको खाद्य गरी दुई मुख्य समस्याको समाधान गरेको छ त्यसैले पर्यावरण पर्यटनको विकासले तिब्बतलाई दीर्घकालीन फाइदा पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

        तिब्बती लिन्ची शहरमा पर्ने पासुङछो दृश्यावोकन क्षेत्र सन् 1997मा चीनको राष्ट्रिय स्तरीय दृश्यावोकन क्षेत्रको रुपमा समेटिएको थियो साथै विश्व पर्यटन संगठनबाट विश्व स्तरीय पर्यटन दृश्यावलोकन क्षेत्रको रुपमा पनि सूचीकृत गरिएको थियो।

        च्वाङ हाउका अनुसार, पर्याप्त प्राकृतिक स्रोतको आधारमा पासुङछो दृश्यावोकन क्षेत्रमा हाल विशाल पासुङछो दृश्यावलोकन क्षेत्रको विकास भइरहेको छ।

          मार्ग, विजुली, पानी, इन्टर्नेट सुविधा भएपछि पासुङछो दृश्यावलोकन क्षेत्रको च्येपा गाउँमा विस्तारै पारिवारिक होस्टेलको विकास भएको छ र हरेक वर्ष धेरै चिनियाँ तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै गएको छ।

          पर्यावरण पर्यटनको आधारमा पासुङछो दृश्यावलोकन क्षेत्रमा धेरै विकास भएको छ र स्थानीय सर्वसाधारणको जीवन पनि धेरै सुधार भएको छ। तथ्याङ्कका अनुसार, सन् 2015मा 359 परिवारका 898 जना स्थानीय पशुपालक र किसान पर्यटन सेवा कार्यक्रममा संलग्न भएका छन् त्यसबाट प्राप्त कूल आय दुई करोड दुई लाख 58 हजार चिनियाँ युआन पुगेको छ भने औसत हरेक जना हरेक वर्षको आय बीस हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।

          च्वाङ हाउका अनुसार, वातावरणको दीगो विकासलाई पर्यटन विकासको आवश्यकतामा राखेर पर्यावरण संरक्षणलाई पर्यटन विकासको प्रकृयामा राखिएको छ जसबाट तिब्बतको पर्यावरणको संरक्षण गर्नुका साथै तिब्बती सर्वसाधारणको जीवनस्तर पनि उकास्न सकिन्छ।

          थाहा भएअनुसार, सन् 2016को अन्तसम्म तिब्बतमा ए स्तरीय दृश्यावलोकन क्षेत्रको संख्या एक सय सत्र वटा पुगेको छ तीमध्ये प्राकृतिक दृश्यावलोकन क्षेत्रको संख्या एकतीस पुगेको छ भने कूल संख्याको 26.5 प्रतिशत पुगेको छ।

          च्वाङ हाउले जानकारी दिएअनुसार, तिब्बत स्वायत्त प्रदेशीय मुख्य कार्य क्षेत्र विकास योजना र तिब्बती वर्तमान पर्यावरण स्थितिको आधारमा तिब्बतले पर्यटन क्षेत्रलाई निषेधित विकास क्षेत्र, सीमित विकास क्षेत्र, प्रमुख विकास क्षेत्रमा विभाजित गरी तिब्बतको प्राकृतिक पर्यावरण सुरक्षाको व्यवहारिक रुपमा संरक्षण गर्नेछ।

         थाहा भएअनुसार, हाल तिब्बतमा एकसठ्ठी वटा प्राकृतिक संरक्षण क्षेत्र निर्माण भएका छन् त्यसको कूल क्षेत्रफल चार लाख दश हजार वर्ग किलोमिटर छ भने तिब्बती कूल क्षेत्रको एक तिहाई समेटेको छ। तीमध्ये राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रको संख्या दश पुगेको छ र त्यसलाई पारिस्थितिजन्य लाभ क्षतिपूर्ति मात्रामा राखिसकेको छ। दुई वर्षयता चीन सरकारले तिब्बती राष्ट्रिय स्तरका प्राकृतिक संरक्षण क्षेत्रलाई दिएको अनुदान रकम दुई करोड दश लाख चिनियाँ युआन पुगेको छ जसले स्थानीय प्राकृतिक संरक्षण क्षेत्रको निर्माण कार्यलाई प्रभावकारी रुपमा अघि बढाएको छ।

          सन् 2016 मा तिब्बतले विशेष गरी दुई करोड 58 लाख सत्तरी हजार चिनियाँ युआन लगाएर पासुङछो, नामुछो, रानऊ ताललगायत सात दृश्यावलोकन क्षेत्रको पर्यावरणको सुधार गरेको छ।

          च्वाङ हाउका अनुसार, सन् 2016 मा तिब्बतले उच्च गुणस्तरीय पर्यावलोकन क्षेत्रको निर्माण गर्नका लागि परीक्षण गरेको थियो जसबाट दृश्यावलोकन क्षेत्रको उच्च गुणस्तरीय वातावरण र पर्यावरण पुष्टी भएको छ। त्यसको मूल्याङ्कन गर्दा पर्यावरणसम्बन्धी अंक तीस प्रतिशतभन्दा बढी पुगेको छ।

          सन् 2017 मा तिब्बतले शौचालय क्रान्तिलाई तीव्र बनाई एक अर्ब बीस करोड चिनियाँ युआन खर्चिएर दुई हजार वटा शैचालयको निर्माण र पुनःनिर्माण गर्नेछ यसरी नै शहर तथा गाउँका सर्वसाधारणको जीवनमा धेरै सुधार हुनसक्छ साथै स्थानीय पर्यटकीय वातावरण सुधार पनि हुनसक्छ। यसबाहेक यसै वर्ष तिब्बतले अरु दुई वटा पाँच ए स्तरीय दृश्यावलोकन क्षेत्र र दशभन्दा बढी चार ए स्तरीय दृश्यावलोकन क्षेत्रको निर्माण गर्ने प्रयास गर्नेछ।

          च्वाङ हाउका अनुसार, तिब्बत नै चीनको दक्षिणतर्फको महत्वपूर्ण झ्याल हो। सीमा पर्यावरण स्रोतको श्रेष्ठताको आधारमा तिब्बतले कैलास अन्तर्राष्ट्रिय पर्यटन सहयोग क्षेत्रको निर्माण गरिरहेको छ जसले एक पेटी एक मार्गसँग पनि जोड्नेछ। तिब्बती सिगात्से र आलि क्षेत्र यी सहयोग क्षेत्रमा समावेश छन् साथै यी दुई क्षेत्रलाई चीन राष्ट्रिय सीमा पर्यटन परिक्षण क्षेत्रमा पनि राखिएको छ। पर्यटन विकास, पर्यावरण संरक्षण, सीमा विकास तथा खुलापन आदिको लागि यो निकै महत्वपूर्ण अर्थ पनि रहेको छ।

जानकारी तथा लेखहरु