फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-भारत सुरक्षा अधिकारीबीच सीमा क्षेत्रको अपराध नियन्त्रणमा सहमति

(GMT+08:00) 2017-04-04 15:15:24

       सशस्त्र प्रहरी बल बराह बाहिनी, पकली मुख्यालय, इटहरी र भारतको सीमा सुरक्षा बल, सिलिगुडी र सिक्किमबीच आज इटहरीमा सम्पन्न भएको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिलाई मिलेर नियन्त्रण गर्ने विषयमा सहमति गरेको छ।

        सशस्त्र प्रहरी नायब महानिरीक्षक र भारतका समकक्षी उच्च प्रहरी अधिकृतबीच भएको बैठकले नेपालमा निकट समयमा नै हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने विषयमा पनि सहमति बनेको छ।

        सशस्त्र प्रहरी बल बराहबाहिनी मुख्यालय पकलीका प्रमुख जानकीराज भट्टराईका अनुसार आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई दुवै देशका सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलको सहकार्यमा नियन्त्रण गरिने सहमति भएको गोरखापत्र अनलाईनले जनाएको छ।

        सिलिगुडी, सीमा सुरक्षा बलका प्रहरी नायब महानिरीक्षक बन्धन सक्सेनाले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई मिलेर नियन्त्रण गर्ने तथा सीमा स्तम्भलाई चुस्त दुरुस्त राखी जीर्ण भएका सीमा स्तम्भको मर्मतमा समेत विशेष ध्यान दिने सहमति भएको बताउनुभयो।

         सिक्किमका एसएसबी प्रहरी नायव महानिरीक्षक विश्वजितकुमार पालले नेपाल र भारतबीचको सदियौँदेखिको दौत्य र पारस्परिक सम्बन्धमा खलल पुर्‍याउने कुनै पनि गतिविधि दुवै देशका सुरक्षा निकायका लागि सह्य नहुने बताउनुभयो।

जानकारी तथा लेखहरु