फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालको पदयात्राका लागि नक्सा तयार

(GMT+08:00) 2017-04-04 15:16:12

       धौलागिरि र काञ्जिरोवा हिमशृंखलाअन्तर्गतका 13 वटा नयाँ पदमार्गको पहिचानगरी नक्सा तयार भएको छ। जिल्ला समन्वय समिति रुकुम, नेपाल पर्वतारोहण संघ, थ्री जीएस म्याग्दीको साविकको गुर्जा गाविसको सहयोगमा तयार पारिएको हो। नक्सा तयार भएसँगै उक्त पद मार्गहरूमा विदेशीहरू आउन थालेका छन्। धौलागिरि हिमशृंखलाअन्तर्गत पश्चिम धौलागिरि भित्र ढोरपाटन सांस्कृतिक, पश्चिम धौलागिरि तल्लो र पश्चिम धौलागिरि माथिल्लो गरी मुख्य 3 वटा पदमार्ग पहिचान भएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

         पदमार्गको पहिचान गर्ने पर्वतारोही मनबहादुर खत्रीका अनुसार 5 हजार 2 सय मिटर उचाइको पश्चिम धौलागिरि 1 सय 76 किलोमिटर, 4 हजार 2 सय मिटरको पश्चिम धौलागिरि तल्लो 1 सय 68 किलोमिटर र 4 हजार 1 सय मिटर रहेको ढोरपाटन सांस्कृतिक पदमार्गको 1 सय 48 किलोमिटर छ। म्याग्दीको गुर्जा र तकामबाट सुरु हुने यी तीनवटै पदमार्ग रुकुमसम्मका हुन्। पैदल यात्रुले चाहेको खण्डमा सोही पदमार्ग प्रयोग गरी डोल्पा, जुम्ला, जाजरकोट पनि जान सकिने खत्रीले जानकारी दिनुभयो। 3 वटै पद मार्ग पूरा गर्न 21 दिन लाग्छ।

         धौलागिरिअन्तर्गतका 3 वटै पद मार्गका छुट्टाछुट्टै विशेषता रहेका छन् । खत्रीका अनुसार ढोरपाटन सांस्कृतिक पद मार्गमा विभिन्न समुदायको कला तथा संस्कृति अध्ययन गर्न सकिनेछ। हिमाल पदमार्गमा बहुमूल्य पत्थर, हिमनदी तथा हिमतालको अध्ययन अवलोकनको उद्देश्यसहित पश्चिम धौलागिरि माथिल्लो पद मार्गको पहिचान गरिएको हो। यसैगरी काञ्जिरोवा हिमशृंखला–अन्तर्गत रुकुमबाट सुरु हुने पदमार्ग जाजरकोट, जुम्ला हुँदै रारा पुग्दछन्।

जानकारी तथा लेखहरु