फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका एकसिङ्गे गैँडा एउटा निकुञ्जबाट अर्कोमा स्थानान्तरण

(GMT+08:00) 2017-04-04 15:16:39

        चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडा स्थानान्तरण सुरु गरिएको छ। लोपोन्मुख मानिएको एकसिंगे गैंडा स्थानान्तरण गर्न लागिएको हो। चितवन राष्ट्रिय निकुञ्जको सुकेभार क्षेत्रबाट 14/15 वर्षको वयस्क भाले गैंडा सोमबार शुक्लाफाँटा लगिएको छ। एक भाले र चार पोथी गैंडालाई शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाउन लागिएको हो। एकै स्थानमा रहँदा रोगको संक्रमण हुन सक्ने जोखिम रहने भएकाले स्थानान्तरण गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभएको अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ।

         गैंडा नियन्त्रणमा लिन 30 वटा हात्ती र प्राविधिकसहित एक सय कर्मचारी परिचालन गरिएको थियो। करिब एक घन्टा लगाएर गैंडालाई 'डाट' गरिएको हो। चैत महिनाभित्र पाँचैवटा गैंडा पठाइसक्ने योजना छ।

         सन् 2001 मा पनि शुक्लाफाँटामा चारवटा गैंडा स्थानान्तरण गरिएको थियो। तिनको संख्या बढेर नौवटा पुगेको निकुञ्जले जनाएको छ। सन् 2015 को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा यसअघि 6 सय पाँचवटा गैंडा थिए। यसअघि बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा स्थानान्तरण गरिएको थियो। तर सौराहाका संरक्षणकर्मीले गैंडा स्थानान्तरणको विरोध गर्दै आएका छन्। यसअघि 30 वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्जबाट 92 वटा गैंडा स्थानान्तरण गरिसकिएको छ। गतवर्षको फागुनमा बर्दिया राष्ट्रिय निकुञ्जमा तीन पोथी र दुई भाले गैंडा स्थानान्तरण गरिएको थियो। तीमध्ये एक वयस्क गैंडा बिरामी र एक बच्चा बाघको आक्रमणमा परी मरेको थियो।

जानकारी तथा लेखहरु