फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेन्ट पिटर्सवर्ग मेट्रो आधारभूत रुपमा पुनःसञ्चालनमा

(GMT+08:00) 2017-04-04 15:21:41

       रुसको सेन्ट पिटर्सवर्ग मेट्रो कम्पनीले हिजो तीन तारिख राती सञ्चार माध्यमलाई जानकारी दिएअनुसार बम बिस्फोटनग्रस्त सेन्नाया प्लोस्चाद स्टेशन र टेक्नोलोजीचेस्की इन्स्टिच्युट स्टेशन बाहेक यस शहरको मेट्रो आधारभूतमा सञ्चालनमा ल्याइएको छ। रुसको राष्ट्रिय आतंकवाद विरोध समितिद्बारा सार्वजनिक सबैभन्दा पछिल्लो तथ्याङ्क अनुसार यस बम बिस्फोटनबाट 14 जनाको मृत्यु हुनुका साथै 45 जना घाइते भएका छन्।

        यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिजो एउटा वक्तव्य सार्वजनिक गर्दै रुसको सेन्ट पिटर्सवर्गको उक्त मेट्रो बम बिस्फोटनको निन्दा गर्नुका साथै उक्त घटनामा पीडित परिवार, रुस सरकार तथा रुसी जनताप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ।

         स्थानीय समयअनुसार 3 तारिख दिउँसो दुई बजेर चालीस मिनेट जाँदा सेन्ट पिटर्सवर्गका ती दुईवटा मेट्रो स्टेशन लाइनमा बम बिस्फोटन गराइएको थियो। रुसको सामान्य अधिवक्ता कार्यालयले उक्त घटनालाई आतंकवादी आक्रमणको रुपमा लिएको छ।

जानकारी तथा लेखहरु