फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग फिनल्याण्डको राजकीय भ्रमण र अमेरिकी राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रस्थान

(GMT+08:00) 2017-04-04 16:13:22

       फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग आज चार तारिख दिउँसो विशेष विमानद्बारा पैचिङ्गबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ। उहाँले फिनल्याण्डको राजकीय भ्रमण गर्नुका साथै अमेरिकाको फ्लोरिडा राज्यको मारालागोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ।

        राष्ट्राध्यक्ष सीको साथमा राष्ट्राध्यक्ष सीकी धर्मपत्नी फङ्ग ली युआन, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका प्रमुख वाङ्ग हु निङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् राज्य परिषदका उपप्रधानमन्त्री वाङ्ग याङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सचिव ली चान सु, राज्य परिषदको सदस्य याङ्ग चे छ लगायत रहेका छन्।

जानकारी तथा लेखहरु