फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेन्ट पिटर्सवर्गको बम विस्फोटनको घटनाप्रति चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा समकक्षी पुटिन समक्ष शोक सन्देश

(GMT+08:00) 2017-04-04 16:23:53

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल चार तारिख रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शोक सन्देश पठाएर सेन्ट पिटर्सवर्गको भूमिगत रेलवेमा बम विस्फोटन भएबाट ठूलो मानवीय क्षति भएकोप्रति सहानुभूति ज्ञापन गर्नुभएको छ।

       राष्ट्राध्यक्ष सीले रुसी सेन्ट बिटर्सबर्गको भूमिगत रेलवेमा गम्भीर बम विस्फोटनको गतिबिधि भएर ठूलो मानवी क्षति भएकोमा आफूलाई निकै अफसोस् लागेको उल्लेख गर्नुभयो। उहाँले चीनले उक्त निकै गम्भीर आतंकवादी प्रहारको कडा निन्दा गर्नुभयो। उहाँले भन्नुभयोः चीन सरकार, चिनियाँ जनता र म आफ्नो तर्फबाट मृतकप्रति गहिरो शोक ज्ञापन गरी घाइतेहरु र मृतकका परिवारलाई हार्दिक सहानुभूति व्यक्त गर्दछ।

         उहाँले यस कठीन समयमा चिनियाँ जनताले रुसी जनतासँगै उभिने ढाडस दिँदै चीनले कुनै पनि किसिमको आतंकवादको कडा विरोध गरी रुस तथा अन्तर्राष्ट्रिय समूहसँग आतंकवादमाथिको प्रहारलाई बढाउने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु