फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी बम विस्फोटनप्रति चिनियाँ प्रधानमन्त्री ली ख छ्याङद्वारा पुटिनसमक्ष शोक सन्देश

(GMT+08:00) 2017-04-04 16:29:04

     चीनका प्रधामनन्त्री ली ख छ्याङले अप्रिल चार तारिख रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शोक सन्देश पठाएर सेन्ट पिटर्सवर्गको भूमिगत रेलवेमा गम्भीर बम विस्फोटन भएबाट ठूलो मानवीय क्षति भएकोप्रति सहानुभूति प्रकट गर्नुभएको छ। ।

       सन्देशमा ली ख छ्याङले सेन्ट पिटर्सवर्ग शहरको भूमिगत रेलमा बम विस्फोटन भएर ठूलो मानवीय क्षति भएको खबर पाएपछि निकै दुःख लागेको भन्दै चीनले सो आतंकबादी गतिबिधिको कडा निन्दा गर्ने बताउनुभयो। चीन सरकार, जनता र म आफ्नो तर्फबाट रुसी जनता तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ। साथै उहाँले चीनले कुनै पनि किसिमको आतंकवादको विरोध गर्दै आतंकवादको प्रतिवादलाई अझ बढाएर चीन-रुस र विश्वको शान्ति स्थापनाको इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु