फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आजदेखि काठमाडौंमा सुरु

(GMT+08:00) 2017-04-05 18:00:19

      बुधबारबाट काठमाडौंमा सुरु नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को तेस्रो बैठकमा नेपाल–भारतबीचको सन् 1950 को सन्धिका सबै धाराहरुमा केन्द्रित छलफल थालिएको छ। ईपीजीका नेपाल सचिवालयका कार्यकारी निर्देशक यादव खनालले सन् 1950 को सन्धिका विवादित धाराहरुमा केन्द्रीत रहेर छलफल हुने जानकारी दिनुभयो। सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको दुई पटक स्थगित तेस्रो बैठक काठमाडौंमा हुन लागेका हो। बैठक 23–24 चैतसम्म अन्नपूर्ण होटलमा चल्ने नागरिकन्यूज डट कमले जनाएको छ।

      इपीजीको पहिलो बैठक पनि गत असारको 20–21 मा काठमाडौंमै भएको थियो। सो बैठकले नेपाल–भारतबीचका सम्पूर्ण सनिधसम्झौता र प्रावधान पुनरवलोकन गर्ने निर्णय गरेको थियो। पुसमा तय भएको तेस्रो बैठक भारतको उत्तर प्रदेशमा भएको निर्वाचनको कारण स्थगित भएको थियो। इपीजी नेपालका सदस्य राजन भट्टराईले सन् 1950 को सन्धिको नेपालको सरकार रहेका विषयहरुमा छलफल हुने जानकारी दिनुभयो।

       नेपालखबर अनलाईनका अनुसार पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा रहेको नेपालतर्फको ईपीजीमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र सांसद राजन भट्टराई सदस्य छन् भने बीजेपीका उपाध्यक्ष भगतसिंह कोसियारी संयोजकत्व रहेको भारतीय टोलीमा बीसी उप्रेती, महेन्द्र लामा र नेपालका पूर्व भारतीय राजदूत जयन्त प्रसाद छन्।

जानकारी तथा लेखहरु