फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा खाडी मुलुकमा पर्यटन प्रवेशाज्ञामा रोक

(GMT+08:00) 2017-04-05 18:01:38

         नेपाल सरकार गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ। मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो। विशेष गरेर महिलालाई लक्षित गरी खाडी मुलुक साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट भिसामा जान रोक लगाइएको अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ।

          खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो। अध्यागमन विभागले भिजिट भिसामा खाडी मुलुक जान महिलालाई थप कडाइ गरेको छ।

          विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले एक वर्षदेखि नै महिलालाई भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको दाबी गर्दै आएका छन्।विमानस्थल अध्यागमनमा भिजिट भिसामा कडाइ हुन थालेपछि मानवतस्करहरूले श्रीलंका र भारत हुँदै खाडी मुलुक लैजान थालेका थिए।

           साउदी अरबमा मात्रै झन्डै 40 हजार हाराहारीमा नेपाली महिला अवैध रूपमा कार्यरत छन्। कुवेत, कतार र यूएईमा समेत नेपाली महिलाको संख्या उल्लेख्य छ।

जानकारी तथा लेखहरु