फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही गन्तव्यतर्फ

(GMT+08:00) 2017-04-05 18:02:13
      वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। गोरखापत्र अनलाईनका अनुसार हिमाल आरोहणका लागि चैत तेश्रो सातासम्म 30 वटा आरोहण समूह त्यसतर्फ गएको छ।

        विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले जानकारी दिनुभयो। उहाँकाअनुसार अहिलेसम्म सगरमाथा आरोहणका लागिमात्र 17 वटा समूहका 147 आरोही गएका छन्। त्यसैगरी अन्नपूर्ण दुई, धवलागिरि एक, मकालु एक, ल्होत्से एक, गौरीशङ्कर एक, आमा दब्लङ्कम एकलगायत समूह आरोहणका लागि गएका छन्।

         आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ। छ हजार 500 मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ। आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण सुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह अझै केही दिनसम्म आउनेछन् । अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण वैशाख 29 गतेबाट सुरु भएको थियो। सगरमाथाको मात्र अघिल्लो वर्ष 400 बढीले सफल आरोहण गरेका थिए। अघिल्लो मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि 97 समूहका एक हजार 462 आरोही गएका थिए तीमध्ये सगरमाथामा मात्र 34 वटा आरोहण समूह भएको विभागले जनाएको छ।

जानकारी तथा लेखहरु