फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको फिनल्याण्ड भ्रमण सुरु

(GMT+08:00) 2017-04-05 18:02:43

         चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिजो चार तारिख विशेष विमानद्बारा हेलसिन्की पुगी फिनल्याण्डको राजकीय भ्रमण सुरु गर्नुभएको छ। फिनल्याण्डका कृषि तथा वातावरण मन्त्री किम्मो टिलिकाइनन लगायत सरकारी प्रतिनिधिहरुले विमानस्थलमा राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गरेका छन्।

        राष्ट्राध्यक्ष सीले फिनल्याण्ड स्थापना भएको एक सयौं वार्षिकोत्सवप्रति फिनल्याण्ड सरकार र जनतालाई हार्दिक शुभकामना दिनुभएको छ। उहाँका अनुसार चीन र फिनल्याण्डबीचको दूरी टाढा भएता पनि यी दुबै मुलुकका जनताबीचको असल मित्रता कायम छ। यी दुबै मुलुकबीचको दौत्य सम्बन्ध स्थापना भएको 67 वर्षयता अन्तर्राष्ट्रिय वातावरण जसरी नै परिवर्तन भएपनि चीन र फिनल्याण्डबीचको सम्बन्ध सधैं नै स्थिर तथा स्वस्थ रुपमा विकसित भैरहेको देखिन्छ। हाल यी दुबै मुलुकले भविष्य उन्मूख नयाँ सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्नका लागि सक्रिय प्रयास गरिरहेका छन्। फिनल्याण्डका नेतागणसँग चीन र फिनल्याण्डबीचको सम्बन्ध र अन्य अभिरुचीका समस्याबारेमा बैचारिक आदानप्रदान गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु