फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहायता रोकेकोमा महासचिव गुटेर्रेसको अफसोस

(GMT+08:00) 2017-04-05 18:04:07

       संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेर्रेसले हिजो चार तारिख वक्तव्य प्रकाशित गर्दै अमेरिकाद्बारा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहायता रोक्ने निर्णय गरेकोमा अफसोस व्यक्त गर्नुभएको छ। वक्तव्य अनुसार महासचिव गुटेर्रेसले पहिले संयुक्त राष्ट्र संघीय शरणार्थी मामिलामा उच्च पदाधिकारीको हैसियतले सेवा गर्नुभएको थियो। उहाँले आफ्नो आँखामा यस जनसँख्या कोषद्बारा चलाइएको कार्यक्रमले जनताको जीवन उद्धार गर्नसकेको देख्नुभएको थियो। त्यसैले उहाँले विभिन्न पक्षलाई यस कोषको समर्थनलाई बढाउन आव्हान गर्नुभएको छ।

       संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले हाल सारा विश्वका 150 भन्दा बढी मुलुक तथा क्षेत्रमा अभियान चलाउँदै महिला प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

जानकारी तथा लेखहरु