फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको विनाशकारी भूकम्पग्रस्त चिकित्सा संस्थामध्ये चौथाई मात्रै पुनःनिर्माणमा

(GMT+08:00) 2017-04-05 18:04:34

       नेपालको विनाशकारी भूकम्पको दुई वर्ष नजिकिँदै आएको छ। हालसम्म नेपालमा यस भूकम्पग्रस्त 628 चिकित्सा तथा स्वास्थ्य संस्थामध्ये 26 प्रतिशत मात्रैको पुनःनिर्माण कार्य सम्पन्न भएको छ।

        नेपालको स्वास्थ्य मन्त्रालयको पुनःनिर्माण परियोजनाका जिम्मेवार व्यक्ति रामेशले जानकारी दिनुभएअनुसार आउने तीन हप्तामा 50 पूर्वनिर्मित भवनको निर्माण पूरा हुने सम्भावना छ।

         थाहा भएअनुसार विभिन्न पक्षबीचमा फरक विचार नै पुनःनिर्माण कार्य ढिलो हुनुको महत्वपूर्ण कारक हो। रसुवा जिल्लाको अस्पताल यस भूकम्पमा गम्भीर ध्वस्त भएको थियो। यस अस्पतालको पुनःनिर्माणको सम्बन्धमा रेडक्रसले प्रथम त एक अस्थायी पूर्वनिर्मित भवनको निर्माण गर्ने विचार लिएको छ। तर पनि जर्मनी विकास बैंकले एक स्थायी भवनको निर्माण गर्न लागेको छ। यस विवादमा आधारित भइ यो अस्पताल हाल निरन्तर रुपमा पालबाट सञ्चालित छ।

जानकारी तथा लेखहरु