फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दलाइ लामाको प्रयोग गरी चीनको हितविरीत नजान चीनद्वारा भारतलाई आग्रह

(GMT+08:00) 2017-04-05 18:28:37

     चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले दलाइ लामाको प्रयोग गरी चीनको हितविरीतका गलत गतिविधि तुरुन्तै रोकेर दुई देशबीचको संवेदनशील विषयलाई नउक्साउन भारतलाई आग्रह गर्नुभएको छ।

      आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। भारतीय मिडियाका अनुसार, भारतीय तथाकथित अरुणाञ्चल प्रदेश सरकारको निमन्त्रणामा हाल दलाइले चीन-भारत सीमा क्षेत्रको पूर्वी भागको भारतनियन्त्रित विवादित क्षेत्रमा भ्रमण गरेका छन्। यसप्रति प्रवक्ता ह्वाले चीन-भारत सीमा क्षेत्रको पूर्वी भागमा चीनको अडान स्पष्ट रहेको दोहोर्‍याउँदै चौधौँ दलाइ लामाबारे धेरै बुझेको भारतले उनलाई सो विवादित क्षेत्रमा निमन्त्रणा गरेबाट तिब्बती मामिलामा भारतले गरेको वचनवद्बता विपरित हुनुका साथै सीमा तनावलाई अरु उक्साउन खोजिएको दावी गर्नुभयो। यसबाट भारतलाई कुनै पनि फाइदा नपुग्ने पनि प्रवक्ता ह्वाले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु