फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र फिन्ल्याण्डका राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2017-04-05 19:46:32

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज पाँच तारिख हेलसिन्कीमा फिन्ल्याण्डका राष्ट्रपति साउली निनिस्टोसँग भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा दुई नेताले चीन-फिन्ल्याण्ड दौत्य सम्बन्ध स्थापनाको 67 वर्षयता प्राप्त ठूलो विकासको सक्रिय मूल्याङ्कन गर्नुका साथै चीन-फिन्ल्याण्ड भविष्य लक्षित नयाँ ढाँचाको सहयोग साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको छ। साथै दुई पक्षले राजनीतिक आपसी विश्वास, व्यवहारिक सहयोगलाई बढाएर दुई देश र दुई देशका जनतालाई फाइदा पुर्‍याउने व्यक्त गरेका छन्।

       सो अवसरमा सी चिन फिङले चीन र फिन्ल्याण्डको विकाससम्बन्धी माग निकै मिलेको भन्दै दुई पक्षले रणनीतिक तथा दीर्घकालीन दृश्यबाट हेरी उच्च तहबीचको आदान-प्रदान र रणनीतिक आपसी विश्वासलाई बढाएर सहयोगी सम्भावित क्षमताको विकास गरी आ-आफ्नो विकास बाटोमा आपसी समर्थन दिनुपर्ने कुरामा जोड दिनुभयो।

1 2
जानकारी तथा लेखहरु