फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र फिन्ल्याण्डका प्रधानमन्त्री बीच भेट

(GMT+08:00) 2017-04-06 09:58:41

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाँच तारिख हेल्सिन्कीमा फिन्ल्याण्डका प्रधानमन्त्री जुहा सिपिलासँग भेटवार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले चीनको आर्थिक अवस्थाको स्वस्थ तथा निरन्तर विकास भइरहेको र यसबाट फिन्ल्याण्ड लगायत विश्वका विभिन्न मुलुकका लागि अझ धेरै अवसर भएको र यसले सबैलार्इ हित पुर्याउने चीनको विश्वास रहेको बताउनुभएको छ। उत्तर यूरोपेली परिषदको वर्तमान अध्यक्ष मुलुक फिन्ल्याण्डसँगै मिलेर चीनले चीन-उत्तर यूरोप सहयोगलाई अझ उपलब्धिमूलक बनाउने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

सो अवसरमा फिन्ल्याण्डका प्रधानमन्त्री सिपिलाले आपसी सम्बन्ध सन्तोषजनक भएको बताउँदै तथा विश्व मामिलामा चीनले निर्वाह गर्दै आएको सकारात्मक भूमिकाको सराहना गर्दै लगानी, वातावरण, स्वच्छ ऊर्जा, पर्यटन लगायत विविध क्षेत्रमा चीनसँगको सहयोगलार्इ बढाउँदै एक पेटी एक मार्ग प्रारुपमा पारस्परिक सहयोगलाई सबल पार्ने अपेक्षा लिएको व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु