फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र फिन्ल्याण्डका सभामुख लोहेलाबीच भेटवार्ता

(GMT+08:00) 2017-04-06 10:06:14

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले पाँच तारिख हेलसिन्कीमा फिन्ल्याण्डका सभामुख मारिया लोहेलासँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा सीले चीनले चीन र फिन्ल्याण्डको सम्बन्धको विकासमा महत्व दिएको तथा फिन्ल्याण्डसँग मिलेर द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आशा लिएको बताउनुभएको छ।

भेटवार्ताको क्रममा लोहेलाले फिन्ल्याण्डको सँसदले चिनियाँ राष्ट्राध्यक्ष सीको फिन्ल्याण्डको राजकीय भ्रमणलार्इ उच्च महत्व दिनुका साथै स्वागत गरेको बताउनुभयो। फिन्ल्याण्डले चीनको आर्थिक तथा सामाजिक विकासले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दछ भन्दै लोहेलाले चीनको विकासलाई फिन्ल्याण्डले एक मौकाको रुपमा हेरेको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु