फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा चिनियाँ चलचित्र प्रदर्शनी हुने

(GMT+08:00) 2017-04-06 16:46:26

चिनियाँ एक्सन फिल्महरूको सात दिन लामो फिल्म फेस्टिभल काठमाडौंमा हुँदैछ। एक्सन, कमेटी, लभ ड्रामादेखि ज्याकी च्यानका छोरा ज्यासी अभिनित फिल्मसम्म यसपटक फेस्टिभलमा छानिएका छन्। नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा वल्र्ड कल्चरल नेट र चलचित्र विकास बोर्डले फेस्टिभल गर्न लागेको हो।

शुक्रबारदेखि उपत्यकाका विभिन्न चार थलोमा फेस्टिभल हुन लागेको हो। कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा ज्याकीका छोरा ज्यासी अभिनित 'हुवा मुलान' फिल्म प्रदर्शनीसँगै फेस्टिभल उद्घाटन हुने वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले जानकारी दिनुभयो। शनिबार भने जमलस्थित राष्ट्रिय नाचघरमा 'अमेरिकन ड्रिम्स इन चाइना' र 'सिटी मङ्की' फिल्म देखाइने ईकान्तिपुर अनलाईनले जनाएको छ।

आइतबार नाचघरमै ह्वाङ हि निर्देशित 'सनलाइट अन फिङ्गरटिप्स' र छेन को फु र गाओ क्वेन्सु निर्देशित 'द मेसेज' फिल्म देखाइनेछन् भने सोमबार डिङ सेनले निर्देशन गरेको 'लिटिल विग सोल्जर' र ह्वङ होङ्गको 'फल्लन सिटी' देखाइनेछ। त्यस्तै मंगलबार पाटनको अशोक पार्टी प्यालेसमा 'लस्ट इन थाइल्यान्ड' देखाइनेछ। बुधबार चाबाहिलस्थित चलचित्र विकास बोर्डको हलमा 'अमेरिकन ड्रिम्स इन चाइना' र 'लिटल विग सोल्जर' फिल्म देखाइने छ भने बिहीबार पुन: 'हुवा मुलान' दोहोर्‍याइने बताइएको छ। बिहीबार 'लस्ट इन थाइल्यान्ड' दोहोऱ्याउँदै फिल्म फेस्टिभल समापन हुने बताइएको छ। प्रवेश नि:शुल्क रहने आयोजकले जनाएको छ ।

जानकारी तथा लेखहरु