फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवा वैज्ञानिकको अङ्कगणितसम्बन्धी सफल अनुसन्धान

(GMT+08:00) 2017-04-06 16:47:51

नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ। 'दुर्यान्तर' नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएका उनले गणितीय सम्बन्धको सारीकरण पनि पत्ता लगाएका छन्। उनले लामो समयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन्। सारीकरण पत्ता लागेपछि झन्डै पाँच हजार वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अङ्कगणितीय समस्याको समाधान भेटिएको हो।

विगत लामो समयदेखि विश्वका गणितज्ञहरुले शून्यका कारण गणितमा समस्या रहेको स्वीकार्दै आएका थिए। उनीहरुले शून्यसम्बन्धी उक्त समस्यालाई गणितीय त्रुटिहरुमा सूचीकृत गर्दै आएका थिए। कुँवरको यस खोजपछि गणितमा उक्त समस्या आउनुका पछि लुकेर रहेको अन्तर्निहित कारण भेटिनुका साथै सम्बन्धित समस्या स्पष्टरुपले निवारण हुन पुगेको छ।

विगत 25 वर्षदेखि विज्ञानका क्षेत्रमा खोज गर्दै आएका कुँवरले 2067 सालमा 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरुका खण्डन र समाधान' शीर्षकको पुस्तक प्रकाशन गरेका थिए। शून्यसँग शून्य बराबर हुन्छ भनी मान्दा निम्तिने गणितीय समस्याले वर्षौंदेखि विश्वभरिका गणितज्ञलाई सताएको थियो।

सन् 476 मा भारतमा जन्मिएका खगोलशास्त्री तथा गणितज्ञ आर्यभटृले सर्वप्रथम शून्य पत्ता लगाएको मानिन्छ। त्यसपछि सन् 598 मा जन्मिएका अर्का खगोलशास्त्री तथा गणितज्ञ ब्रह्म गुप्ताले आफ्नो पुस्तक 'ब्रह्मस्फूट सिद्धान्त'मा शून्यका विभिन्न सम्बन्ध र स्वरुपबारे स्पष्ट पारेका थिए।

जानकारी तथा लेखहरु