फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने नेपालको योजना

(GMT+08:00) 2017-04-06 16:48:13

सरकारले अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने योजनासहित आगामी आर्थिक वर्षको बजेट निर्माण अघि बढाएको छ । पशुपक्षी मन्त्रालयले अब उत्पादनमा आधारित अनुदान दिने तयारी सहितको बजेट बनाएको छ । राष्ट्रिय योजनाले पशुपक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्ष 074÷75 का लागि नौ अर्ब 68 रुपैयाँको बजेट सिलिङ तोकेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा करिब दुई अर्ब रुपैयाँ धेरै बजेट पाउने भएको छ । चालु आर्थिक वर्षको बजेट आठ अर्ब 46 करोड 55 लाख रुपैयाँ छ ।

पशुको उत्पादन र उत्पादकत्व बढाउँदै पशुजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने योजनासहित बजेट निर्माण गर्न लागिएको पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बताउनुभयो। विदेशबाट आयात हुने पशुजन्य उत्पादनलाई प्रतिस्थापन गर्न सरकारले गत वर्ष नै अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने योजना सहित उच्च प्राथमिकतासाथ बजेट व्यवस्था गरेको हो। नयाँ कार्यक्रमले किसानको आयस्तरमा सुधारसँगै आयात प्रतिस्थापन हुने अपेक्षा गरिएको छ।

परम्परागत एवं निर्वाहमुखी पशुपक्षीपालनलाई व्यवसायीकरण गर्दै पशुजन्य उत्पादन बढाउँदै निर्यात प्रवद्र्धन गर्न पहल भइरहेको मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताउनुभयो। किसानलाई सेवा, उन्नत नश्ल, दाना–आहार, पशु स्वास्थ्य सेवा, सुलभ ऋण, पशु बिमालाई प्राथमिकतामा राखेको छ। दूधमा आत्मनिर्भर बन्ने योजना बनाए पनि अहिले पनि विदेशबाट दूध आयात भइरहेको छ। नागरिकन्यूज डट कमका अनुसार प्रतिव्यक्ति वार्षिक 91 लिटर दूध उपभोग गर्नुपर्ने भए पनि अहिले पर्याप्त छैन।

जानकारी तथा लेखहरु