फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकीकरणपछि नेपाल लोकतान्त्रिक फोरम संसदको पाँचौ ठूलो दल

(GMT+08:00) 2017-04-06 16:48:43

विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र अरु दुइ वटा पार्टीबीच पाँच तारिख एकता भएपछि सो पार्टी नेपाली संसदमा पाँचौं ठूलो पार्टी बनेको छ।

ती तीन वटा पार्टीका नेताहरुले काठमाडौंमा पार्टी एकता गरिएको घोषणा गरेका हुन्। नयाँ पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। उहाँहरुले नेपालको राजनीतिक अवस्थालाई स्थिर गर्न, एकीकृत र समृद्ध नेपालको निर्माणका लागि यस्तो निर्णय गरेको बताए।

थाहाभए अनुसार, त्यसपछि नेपाल लोकतान्त्रिक फोरमको अध्यक्षमा विजय कुमार गच्छदार नै रहनुहुनेछ।

आगमी मे चौध तारिखमा नेपालमा स्थानीय निकायको चुनाव हुँदैछ।

जानकारी तथा लेखहरु