फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङ पाकिस्तानका सिनेटका अध्यक्ष रजा रब्बानीसँग भेट-वार्ता

(GMT+08:00) 2017-04-06 16:49:15

पाकिस्तानको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले हिजो पाँच तारिख इस्लामाबादमा पाकिस्तानी सिनेटका अध्यक्ष रजा रब्बानीसँग भेट-वार्ता गर्नुभयो।

अध्यक्ष युले चीन र पाकिस्तान मैत्रीपूर्ण साझेदार भएको बताउँदै दुवै मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको 60 वर्षदेखि यता दुवै मुलुकबीचको मैत्रीपूर्ण सहयोग सम्बन्ध झन् विकसित भएको बताउनुभयो। सन् 2015 मा राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा पाकिस्तानको राजनैतिक भ्रमण यता दुवै मुलुक बीचको सर्वकालीक रणनैतिक सहयोग साझेदारी सम्बन्ध धेरै राम्रो भएको औंल्याउनुभयो।

उहाँले दुवै पक्षले चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई संयुक्त रुपमा बढाउने, "एक पेटी एक मार्ग" प्रस्तावलाई संयुक्त रुपमा कार्यान्वयन गर्ने, बन्दरगाह, ऊर्जा श्रोत आदि क्षेत्रको सहयोगलाई सबल पार्ने बताउनुभयो।

अध्यक्ष रब्बानीले चीनसँगको सम्बन्धलाई विकास नै पाकिस्तानी परराष्ट्र नीतिको आधार हो भन्दै पाकिस्तानका विभिन्न पार्टी बीच यसमा सहमति रहेको बताउनुभयो। उहाँले पाकिस्तानको सिनेटले चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति बीचको आदान-प्रदानलाई बढाउने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु