फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाले क्षेप्यास्त्र परिक्षण गरेकोमा शान्त रहन चीनको आग्रह

(GMT+08:00) 2017-04-06 18:44:58

हाल दक्षिण कोरियाले आठ सय किलोमिटर पुग्न सकिने क्षेप्यास्त्रको परिक्षण प्रक्षेपण गरेको छ। यसप्रति चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले संयम राखेर तनावपूर्ण परिस्थितिलाई शीतल पार्न र क्षेत्रीय शान्ति संरक्षण गर्न सम्बन्धित पक्षलाई चीनले आह्वान गरेको व्यक्त गर्नुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँले वर्तमान कोरियाली प्रायद्वीपको स्थिति निकै संवेदनशील छ र सम्बन्धित पक्षले संयम राखेर तनावपूर्ण स्थितिलाई शीतल पारी क्षेत्रीय शान्ति तथा स्थीरताको संरक्षण गर्नुपर्ने कुरा बताउनुभयो। चीनले विभिन्न पक्षसँग मिलेर प्रयास गरी वार्तामार्फत कोरियाली प्रायद्वीपको आणविक समस्याको उचित रुपमा समाधानलाई अघि बढाउने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु