फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग अमेरिकाको फ्लोरिडा राज्यमा

(GMT+08:00) 2017-04-07 08:45:38

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग छ तारिख विशेष विमानद्वारा अमेरिकाको फ्लोरिडा राज्य पुग्नुभयो। उहाँले मार अ लागोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्नुहुने छ।

स्थानी समय छ तारिख दिउँसो 1 बजेर 50 मिनेट जाँदा सी चिन फिङ्गको विशेष विमान फ्लोरिडा राज्यको पश्चिम पाल्म बीच अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो। सी चिन फिङ्ग र उहाँकी श्रीमती फङ्ग ली युआनलाइ अमेरिकी परराष्ट्र मन्त्री रेक्स टिल्लेर्सन जोडीद्वारा हार्दिक स्वागत गरिएको छ।

सीले छ र सात तारिख ट्रम्पसँग चीन र अमेरिकाको सम्बन्ध, साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुहुने छ। अमेरिकाको नयाँ सरकारले पद सम्हालेयता चीन र अमेरिकाका राष्ट्रनायकहरूले भेटघाट गर्नुहुने यो पहिलो पटक हो।

राष्ट्राध्यक्ष सी‌ले फिन्ल्याण्डको राजकीय भ्रमण पूरा गरी अमेरिका पुग्नुभएको हो।

1 2 3
जानकारी तथा लेखहरु