फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल संयुक्त लगानीको हिमालय एयरलाइन्सले दुबई-काठमाडौं उडान गर्ने

(GMT+08:00) 2017-04-07 18:20:30

        चीन नेपाल संयुक्त लगानीको हिमालय एअरलाइन्सले बैशाख 15 देखि काठमाडौं–दुबई–काठमाडौंमा प्रत्यक्ष उडान सुरु गर्ने भएको छ। दोहा, क्वालालम्पुर र याङगुनको नियमित उडानपछि दुबई, हिमालय एअरलाईन्सको नयाँ उडान गन्तव्य हुनेछ। दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाइन्सले तीनवटा एअरबसमध्थे एउटा एअरबस यो मार्गमा सञ्चालन गर्नेछ, जसमा 8 वटा विजनेस क्लास र 1 सय 50 वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ।

          यस एअरलाईन्सको उडान नम्बर एच 9557 काठमाडौंबाट 10-40 (स्थानिय समय)मा प्रस्थान गरी दुबईमा 13-25 (स्थानिय समय)मा अवतरण गर्नेछ।

           त्यसैगरी उडान नम्बर एच 9558 दुबर्ईबाट 14स्25 (स्थानिय समय)मा प्रस्थान गरी काठमाडौमा 20-20 (स्थानिय समय)मा अवतरण गर्नेछ। अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखानुसार एअरलाईन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उद्देश्य राखिएको छ।

         हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, 'दुबई, पर्यटन र व्यापार यात्राको लागि सबैभन्दा रोमान्चक गन्तव्यहरुमध्ये एक हो। नयाँ उडान क्षेत्र मार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुयाउनुका साथै एकै समयमा दुबै आगमन र बहिगर्मन यात्राको लागि राम्रो बजार हुनेछ।'

जानकारी तथा लेखहरु