फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीको वार्षिक खर्च 70हजार भन्दा बढी, गत वर्षभन्दा 11 प्रतिशतले वृद्धि

(GMT+08:00) 2017-04-07 18:20:57
       गत आर्थिक वर्ष 2072–073 को तुलनामा चालू आर्थिक वर्षमा प्रति घरपरिवारको खर्च 11 दशमलव 2 प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको नेपालको घरपरिवारको जम्मा उपभोग खर्च 16 खर्ब 22 अर्ब (चालू मूल्यमा) रहेको थियो। तर, चालू आर्थिक वर्षमा 18 खर्ब 25 अर्ब 29 करोड (चालु मूल्यमा) रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तुलनामा चालू आवमा 2 खर्ब 32 करोड रुपैयाँ वृद्धि भएको देखाएको छ।

        विभागले तथ्याङ्कीय विधिबाट छानिएका सहरी क्षेत्र अन्तर्गतका 1 सय 50 वटा गणना क्षेत्रबाट 2 हजार 2 सय 50 घरपरिवार तथा ग्रामीण क्षेत्र अन्तर्गतका 1 सय 50 वटा गणना क्षेत्रबाट 2 हजार 2 सय 50 घरपरिवार गरी जम्मा 4 हजार 5 सय घरपरिवारमा सर्वेक्षण गरेको थियो।

         घरपरिवारले गरेको कूल उपभोग खर्चलाई खाद्य र गैर खाद्यमा बाँड्दा सहरी घरपरिवारको खाद्य उपभोग खर्च 44 दशमलव 9 प्रतिशत तथा गैर खाद्य उपभोग खर्च 55 दशमलव 1 प्रतिशत छ भने ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च 59 दशमलव 8 प्रतिशत तथा गैर खाद्य उपभोग खर्च 40 दशमलव 2 प्रतिशत रहेको छ। यसैगरी समग्र नेपाली घरपरिवारको खाद्य उपभोग खर्च 53 दशमलव 80 प्रतिशत तथा गैरखाद्य उपभोग खर्च 46 दशमलव 2 प्रतिशत रहेको विभागका निर्देशक डिल्लीराज जोशीले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु