फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोलखामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी बनाइने

(GMT+08:00) 2017-04-07 18:21:27

        मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–9 स्थित डाङडुङेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ। अब दोलखा जिल्लाको डाङडुङेडाँडामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी बन्ने निश्चित भएको छ।

       मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको 76.25 हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एक सय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को स्वीकृति लगत्तै 2073 चैत 15 गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ। वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले जानकारी दिनुनभयो।

         ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो। नेपालखबर अनलाईनका अनुसार चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले 76.25 हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ। प्रस्तावित डाङडुङेडाँडा विश्वको सबैभन्दा बढी उचाइमा रहेको फिल्म सिटी हुनेछ। सामाजिक तथा प्राविधिक रुपमा उपयुक्त एवं हावापानीको पनि अति उपयुक्त रहेको बताइएको छ।

जानकारी तथा लेखहरु