फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा अग्लो ठाउँमा पर्ने विजुली सञ्जाल परियोजना तिब्बतमा

(GMT+08:00) 2017-04-07 18:34:17

    कूल लगानी सोह्र अर्ब बीस करोड चिनियाँ युआनमा मध्य तिब्बत विजुली सञ्जाल परियोजना अप्रिल छ तारिखदेखि तिब्बतको लिन्ची शहरमा निर्माण सुरु भएको छ। यो परियोजनालाई विश्वको सबैभन्दा अग्लो विजुली सञ्जालको रुपमा मानिन्छ। निर्माण भएपछि छिङ हाइ-तिब्बत विजुली सञ्जाल र सछ्वान-तिब्बत विजुली सञ्जाललाई जोडिनेछ जसले मध्य तिब्बतको विजुली मागलाई अझ पूरा गर्न सक्नेछ।

     हाल लिन्ची शहरको सत्तरी प्रतिशतको क्षेत्रफल पुगेको मोथो जिल्ला, पोमि जिल्ला, छायु जिल्लामा तिब्बती मुख्य विजुली सञ्जाल पुगेको छैन तर मध्य तिब्बत विजुली सञ्जाल परियोजना पूरा भएपछि यी तीन जिल्लाका असी हजारभन्दा बढी जनासम्म विजुली पुर्‍याइनेछ साथै तिब्बती गाउँको विजुली सञ्जालको सुधार गर्न विजुली संरक्षण दिन सकिनेछ।

जानकारी तथा लेखहरु