फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी दम्पति अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीको रात्रीभोजमा सरिक

(GMT+08:00) 2017-04-07 18:34:44

     अमेरिकी समयअनुसार, अप्रिल छ तारिख बेलुकी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र श्रीमती मेलानिया ट्रम्पले अमेरिकाको फ्लोरिडा राज्यको मार आ लागोमा आयोजना गरेको स्वागत रात्रीभोजमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र श्रीमती फङ ली युआनले उपस्थित हुनुभएको छ।

      रात्रीभोजका अवसरमा राष्ट्राध्यक्ष सीले भाषण दिँदै आफूले राष्ट्रपति ट्रम्पसँग राम्रो वार्ता गरी चीन-अमेरिका सम्बन्ध विकासबारे महत्वपूर्ण सहमति हासिल गरेको जानकारी दिनुभयो। उहाँले आपसी सम्मान र हितका आधारमा लगानी, कूटनीतिक सुरक्षा, मानवीय आदान-प्रदान आदि व्यापक क्षेत्रका व्यवहारिक सहकार्यलाई बढाएर रचनात्मक रुपमा मतभेद र संवेदनशील समस्याको समाधान गरी दुई देशबीचको सम्बन्धको विकासबाट दुई देशका जनतालाई अरु बढी फाइदा पुर्‍याइने इच्छा लिएको विचार व्यक्त गर्नुभयो।

     त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा चीनले विकासमा ठूलो प्रगति हासिल गरेको र विश्वमा व्यापक समानता पाएको बताउनुभयो। राष्ट्राध्यक्ष सीसँगको पहिलो वार्ता राम्रो भएको भन्दै उहाँले आपसमा व्यापक विषयबारे वैचारिक आदान-प्रदान गरी असल मित्रता कायम गरेको जानकारी दिनुभयो। आफूले राष्ट्राध्यक्ष सीसँग सहकार्य गर्ने आशा लिनुका साथै भविष्यमा साझा रुचीका विषयहरुमा अरु गहिरो रुपमा आदान-प्रदान गर्ने अपेक्षा लिएको पनि ट्रम्पले बताउनुभयो।

जानकारी तथा लेखहरु