फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाका विभिन्न पक्षद्बारा चीन-अमेरिका नेतागणको भेटवार्तामा गहिरो नजर

(GMT+08:00) 2017-04-07 18:35:17
     चीन र अमेरिकाका नेतागणबीचको भेटवार्ता स्थानीय समयअनुसार छ देखि सात तारिखसम्म अमेरिकाको फ्लोरिडा राज्यको मार आ लागोमा आयोजना हुँदैछ। सो भेटवार्ता छोटो भएता पनि अमेरिकाका विभिन्न क्षेत्रका व्यक्तिले यी दुबै नेताहरुले श्रृंखलाबद्ध द्बिपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्याबारेमा सदिच्छापूर्ण वैचारिक आदानप्रदान गर्नसक्ने आशा लिएका छन्।

      अमेरिकाको व्हाइट हाउसका प्रवक्ता सेन स्पाइसरले गत मार्चको अन्तमा आयोजना भएको नियमित पत्रकार सम्मेलनमा जनाएअनुसार यी दुबै नेताहरुले आ-आफ्ना सर्वप्रथम महत्वपूर्ण कामबारेमा वैचारिक आदानप्रदान गर्नुका साथै चीन र अमेरिकाबीचको सम्बन्धको विकासका लागि रुपरेखा बनाउनेछन्। साथै यस भेटवार्ताले यी दुबै नेताहरुबीचको नीजि सम्बन्धको निर्माणका लागि एक अवसर सिर्जना गर्ने छ।

       चीनका लागि अमेरिकी भूतपूर्व राजदूत जे स्टाप्लेटन रोयले हालै अमेरिकी थिङ्कट्यांक रणनीति तथा अन्तर्राष्ट्रिय समस्या अनुसन्धान केन्द्रद्बारा आयोजित गोष्ठीमा यी दुबै नेताहरुले यस भेटवार्तामा आपसी साझा हितका अलावा विविध समस्यामा छलफल गर्नुका साथै पारस्परिक सम्मानको भावना लिँदै आपसी मतभेदबारे परामर्श गर्नसक्ने विचार व्यक्त गर्नुभएको छ।

       अमेरिकाका भूतपूर्व परराष्ट्र मन्त्री किसिन्गरको परामर्श कम्पनीका उपमहाप्रबन्धक रोबर्ट हर्म्याट्सका अनुसार यस भेटवार्ताले अन्तर्राष्ट्रय समुदायसमक्ष "अमेरिका र चीनले आपसमा प्रतिद्वन्द्वीको भावना त्याग्दै सहयोगका लागि इच्छुक" भन्ने संकेत देखाउने छ। बैँकिङ्ग संकट, आतंकवाद, जलवायु परिवर्तन, आणविक विस्तार आदि महत्वपूर्ण चुनौतीको सामनाबाट हेर्दा विश्वको शान्ति तथा स्थिरता अमेरिका र चीनबीचको घनिष्ट सहयोग सँग अलग हुन सकिँदैन।

जानकारी तथा लेखहरु