फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिनल्याण्डका विभिन्न पक्षद्बारा राष्ट्राध्यक्ष सीको भ्रमणको सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2017-04-07 18:35:45

       चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यसै अप्रिल चारदेखि छ तारिखसम्म फिनल्याण्डको सफल राजकीय भ्रमण गर्नुभएको छ। यस भ्रमणमा यी दुबै मुलुकका नेताहरुले चीन-फिनल्याण्डबीचको भविष्य उन्मूख नयाँ सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण,मजबूत आपसी राजनीतिक विश्वास आदि विषय निश्चित गरेका छन्। फिनल्याण्डका विभिन्न क्षेत्रले राष्ट्राध्यक्ष सीको भ्रमणद्बारा यी दुबै मुलुकबीचको पारस्परिक सहयोगलाई उकासेको विचार लिएका छन्।

       फिनल्याण्डका कृषि तथा वन उपमन्त्री जाना हुसु-कालिओले सधैं फिनल्याण्ड र चीन पान्डा वैज्ञानिक अनुसन्धान सहयोग परियोजनालाई प्रवर्द्धन गरिरहनु भएको छ। यहाँले राष्ट्राध्यक्ष सीको फिनल्याण्डको भ्रमणमा हस्ताक्षर गरिएको पान्डा सम्बन्धी सहयोगात्मक अनुसन्धान दस्तावेज सम्बन्धी खबर पाउँदा खुशी लागेको जनाउनुभयो। उहाँका अनुसार सम्बन्धित चिनियाँ विशेषज्ञ तथा विद्बानसँग आदानप्रदान र सहयोग गर्ने अवसर पाउनु एक रोमाञ्चक कुरा हो।

      पान्डा सम्बन्धी अनुसन्धान सहयोगबाहेक चीन र फिनल्याण्डले नवीन,वैज्ञानिक प्रविधि,मानवीय संस्कृति आदि धेरै क्षेत्रमा सहयोग गर्नेछ। फिनल्याण्डको 《कौप्पालेहटी》अखवारका अनुसार फिनल्याण्डको अर्थतन्त्रको दृष्टिकोणबाट हेर्दा राष्ट्राध्यक्ष सीको भ्रमण एक महत्वपूर्ण कुरा हो। निकासको सम्बन्धमा चीनको बजार फिनल्याण्डका लागि एकदमै महत्वपूर्ण भूमिका सिर्जना गरेको देखिन्छ। राष्ट्राध्यक्ष सीको भ्रमणले विचाराधीन केही सहयोगात्मक योजनाको पनि प्रवर्द्धन गर्ने भएको छ।

जानकारी तथा लेखहरु