फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकी राष्ट्राध्यक्षबीच फ्लोरिडामा भेटवार्ता

(GMT+08:00) 2017-04-07 18:36:17

     स्थानीय समयअनुसार छ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकाको फ्लोरिडा राज्यको मार आ लागोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ। यस गहिरो,मैत्रीपूर्ण,लामो समय चलेको भेटवार्तामा यी दुबै मुलुकका नेताहरुले चीन र अमेरिकाबीचको सम्बन्धमा प्राप्त ऐतिहासिक प्रगतिलाई उच्च मूल्याङ्कन गर्नुका साथै नयाँ शुरुवातमा यस सम्बन्धको विकासका लागि थप प्रवर्द्धन गर्ने सहमति गरेका छन्।

      राष्ट्राध्यक्ष सीका अनुसार चीन र अमेरिकाबीचको असल सम्बन्ध यी दुबै मुलुक तथा जनता मात्र नभई विश्वका लागि पनि हितकर रहेको छ। यस सम्बन्धलाई राम्रो बनाउने एक हजार कारण रहेका छन् तर यो सम्बन्धलाई ध्वस्त गर्ने कुनै पनि कारण छैन। चीन र अमेरिकाबीचको सम्बन्ध सामान्य बन्दै आएको 45 वर्षयता धेरै चुनौती पार गरेपनि ऐतिहासिक प्रगति हासिल भएको छ जसबाट यी दुबै मुलुकका जनताका लागि विशाल वास्ताविक हित भएको देखिन्छ।

      सहयोग नै चीन र अमेरिकाको एउटा मात्रै उचित छनौट हो भन्दै राष्ट्राध्यक्ष सीले यी दुबै मुलुक असल सहयोगात्मक साझेदार बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

      त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीको भ्रमणको स्वागत गर्दै विश्वका दुई ठूला जिम्मेवार मुलुकको रुपमा अमेरिका र चीनले महत्वपूर्ण समस्याबारेमा आपसी सम्पर्क र समन्वय कायम राख्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले राष्ट्राध्यक्ष सीसँग असल कार्य सम्बन्धको स्थापना गर्दै अमेरिका चीनबीचको सम्बन्धमा अझ ठूलो प्रगति प्रवर्द्धन गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु