फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्याको सम्बन्धमा चीनको आव्हान

(GMT+08:00) 2017-04-07 18:36:43

     चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हा छुन यीङले आज सात तारिख अमेरिकाद्बारा सिरियाको एयर आधारमा आक्रमण गरिएकोमा प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार वर्तमानको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यस परिस्थितिलाई अझै चर्किन नदिई रानीतिक माध्यमद्बारा सिरिया समस्याको समाधान प्रक्रियालाई संरक्षण गर्नुपर्ने हो।

      अमेरिकाले आज सात तारिख सिरियाको एयरवेशमा लक्षित गरी 59 टोमाहक क्रूज मिसाइल प्रक्षेपण गरेको छ। यस सम्बन्धमा प्रवक्ता हाले पुनःघोषणा गर्नुभएअनुसार चीनले सधैं नै कुनै पनि मुलुक,संगठन,वा व्यक्तिले कुनै पनि अवस्थामा रासायनिक हतियारको प्रयोग गर्न विरोध गर्दै जानेछ।,

जानकारी तथा लेखहरु