फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई वटा जहाज किन्नेबारे सम्बन्धित अमेरिकी कम्पनीसँग नेपालको सम्झौता

(GMT+08:00) 2017-04-08 14:22:43

         नेपाल वायुसेवा निगमले दुइ ठुला (वाइडवडी) जहाज ल्याउनेबारे बिक्रेता कम्पनीसंग सम्झौता गरेको छ । शुक्रबार निगम र बिक्रेता कम्पनी एएआरसंग सम्झौता भएको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौतामा निगमकातर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार र विक्रेता कम्पनी एएआरकातर्फबाट दिपक शर्माले हस्ताक्षर गर्नुभएको छ।

         सम्झौता अनुसार निगमले दुई वाइड बडी जहाज 20 करोड 96 लाख अमेरिकी डलर (करिब 22 अर्ब रुपैया) मा खरिद गर्नेछ। सम्झौता लगत्तै निगमले पहिलो किस्ताबापत करिव 35 प्रतिशत रकम पठाउने सहमति भएको छ। यसअघि निगमले करिब 11 करोड रुपैया वैना रकम उक्त कम्पनीलाई दिइसकेको छ। वैना रकम माघको दोस्रो साता दिइएको निगमले जनाएको छ।

          निगमले किन्ने तयारी गरेका यी दुई जहाज सेकेन्ड ह्याण्ड हुन्। निगमले टेन्डर नै एयरबसका एक हजार घण्टा भन्दा कम उडेका जहाज किन्ने गरि सार्वजनिक गरेको थियो। निगमको दावी अनुसार एएआरले दिन खोजेका जहाज उडान नभएका सेकेन्ड ह्याण्ड हुन्। कुनै एक कम्पनीले अर्डर गरेको तर विविध कारणले किन्न नसकेका जहाजलाई एएआरले नेपाललाई उपलब्ध गराउने छ। अमेरिकी कम्पनीले 10 कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो। नयाँ जहाजमा 250 देखि 280 सम्म सिट हुनेछन्।

          निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् 2018 को अप्रिलदेखि जुनको बीचमा हस्तान्तरण गरिनेछ। सम्झौता अनुसार दुई थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि 5 वटा जहाज हुनेछ।

जानकारी तथा लेखहरु