फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई साता लगाएर बनाएपछि अव सगरमाथा आरोहणका लागि बाटो खुल्ला

(GMT+08:00) 2017-04-08 14:23:10

       विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ। आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो।

        गत चैत 8 गतेदेखि आधार शिविरबाट क्याम्प–2 सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए। टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ। खराब मौसमका बाबजुद पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिनुभयो।

         एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–2 सम्म बाटो निर्माण गर्दै आएको छ। बाटो निर्माण गरेसँगै अब सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको राईले बताउनुभयो।

जानकारी तथा लेखहरु